
नेपाल गुणस्तर चिन्हका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसिएएस ८००१, आइएसआइ र युआरएस प्रमाणित शिवम् प्लसले निर्माणलाई थप मजबुत र सवल बनाउने दावी कम्पनीको छ । शिवम् प्लस सिमेन्ट ओपिसि बजारमा उपलव्ध सिमेन्टमध्ये भौतिक तथा रसायनिक गुणहरुमा उत्कृष्ट रहेको दावी पनि कम्पनीको छ।
मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने शिवम् प्लस ओपिसि सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्न विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको जानकारी पनि कम्पनीले दिएको छ।
शिवम् सिमेन्टको शिवम प्लस ओपिसि सिमेन्ट बजारमा, हाललाई सिमित वितरकमा मात्र उपलब्ध हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन