गुणस्तरप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा शिवम् सिमेन्टले शिवम् प्लस ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । शिवम् सिमेन्ट लिमिटेडले शिवम् प्लस ओ.पि.सि. सिमेन्ट मार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।
नेपाल गुणस्तर चिन्हका साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, / URS प्रमाणित यस शिवम् प्लस सिमेन्टले निमार्ण कार्यलाई थप मजबुत र सवल बनाउने कम्पनीले दाबी गरेको छ।
शिवम् प्लस ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणहरुमा बजारमा उपलव्ध सिमेन्टहरु मध्ये उत्कृष्ट रहेको छ । “उत्कृष्टताको आकाङ्क्षा, प्रगतिशील जीवनको पहिचान” नारा आत्मसाथ गरेको यो सिमेन्ट हाललाई सीमित बितरकहरुमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट शिवम् प्लस ओ.पि.सि.सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ ।
गुणस्तरीय उत्पादनहरुलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकहरुले शिवम् प्लस ओ.पि.सि. सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिनु हुनेछ भन्ने विषयमा शिवम् सिमेन्ट लिमिटेड आशावादी रहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५, ०६:३५:००