Link = http://lokaantar.com/samachar/54286
काठमाडौं – गुणस्तरप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा नेपालकै नम्बर १ ओपीसी सिमेन्ट बन्न सफल शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपीसी सिमेन्ट बजारमा ल्याएको छ ।
मजबुत तथा दीगो निर्माणको लक्ष्य बोकेर वर्षाैंदेखि ग्राहकलाई गुणस्तरीय सिमेन्ट पस्कँदै आएको शिवम् सिमेन्ट लिमिटेडले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टमार्फत् उपभोक्तालाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको छ ।
शिवम् प्लस ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणमा बजारमा उपलब्ध सिमेन्टमध्ये उत्कृष्ट रहेको छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा आत्मसाथ गरेको सिमेन्ट हाललाई सीमित वितरकमा मात्र उपलब्ध हुने जानकारी प्रेस विज्ञप्तिमार्फत् गराइएको छ ।
मकवानपुरगढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुनढुंगा प्रयोग गरी उत्पादन गरिने सर्वोउत्कृष्ट ‘शिवम् प्लस’ ओपीसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नको लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ गरिएको छ ।
‘गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिने सम्पूर्ण ग्राहकले ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई पनि शिवम् सिमेन्टझैं माया गरी दिनु हुनेछ भन्ने विषयमा शिवम् सिमेन्ट लिमिटेड आशावादी रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।