नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको तेस्रो वार्षिक साधारण सभा (आ. व. २०७४।०७५) आज मिति :२०७६ साल बैशाख ९ गतेका दिन कम्पनीका अध्यक्ष श्री सुरेन्द्र कुमार गोयलज्यूको अध्यक्षतमा सम्पन्न भएको छ ।
कम्पनीले सर्व साधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको करिव २ महिना भित्रै सर्व साधारण शेयरधनीले समेत प्राप्त गर्ने गरी १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वाँडफाँड गर्ने प्रस्ताव सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको आ. व. २०७४।०७५ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७५।०७६ को आय व्ययको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी कम्पनीले समान उद्येश्य भएका अन्य कम्पनी वा संस्था प्राप्ती गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरु खरिद गरी थप उद्योग स्थापना गर्ने लगायतका आवश्यक कार्यहरु अगाडी बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने समेतका प्रस्तावहरु पारित गर्नुका साथै सर्व साधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रीमती अलका गोयल, काठमाडौंलाई संचालकमा निर्विरोध निर्वाचित हुनु भएको व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराँउदछौं ।
(शिवम् सिमेन्ट्स लिमिटेड)