आ. व. २०७५।०७६ को वार्षिक साधारण सभा सम्पन्न भएको सम्बन्धमा ।

नेपाल कै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको चौथो वािर्षक साधारण सभा (आ. व. २०७५।०७६) आज मिति :२०७६ साल कार्तिक ८ गतेका दिन कम्पनीका कार्यकारी अध्यक्ष श्री सुरेन्द्र कुमार गोयलज्यूको अध्यक्षतमा सम्पन्न भएको छ ।

कम्पनीले सर्व साधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक बर्ष नपुग्दै २ वटा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति शेयर १५ प्रतिशत (कर बाहेक) का दरले हुन आउने रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभाँस रकम वितरण गर्ने प्रस्ताव सहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको आ. व. २०७५।०७६ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७६।०७७ को आय व्ययको लेखापरीक्षण गर्न श्री सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेकोछ । निर्विरोध निर्वाचित हुने संचालकहरुमा श्री सुरेन्द्र कुमार गोयल, श्री रघुनन्दन मारु, श्री सन्दिप कुमार शारडा, श्री अमित मोर र श्री रोहित गुप्ता हुनुहुन्छ भने वार्षिक साधारण सभा सम्पन्न हुना साथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक श्री सुरेन्द्र कुमार गोयलज्यूलाई कार्यकारी अध्यक्ष र श्री रघुनन्दन मारुज्यूलाई कार्यकारी सञ्चालकको पूनः जिम्मेवारी दिंदै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेकोछ । आज निर्वाचित हुनुहुने ५ जना संचालकहरु यस अधि समेत संचालकको जिम्मेवारीमा हुनुहुन्थ्यो र उहाँहरु नै पूनः निर्विरोध निर्वाचित हुनु भएकोमा सफल कार्यकालको शुभकामना दिन चाहान्छौं ।

गत बैशाख ९ गते सम्पन्न भएको कम्पनीको आ. व. २०७४।०७५ को बार्षिक साधारण सभाबाट सर्व साधारण शेयरधनी समूहको तर्फबाट श्रीमती अलका गोयललाई ४ बर्षका लागि संचालकमा निर्वाचत गरेको थियो । अब कम्पनीको स्वीकृत नियमावली बमोजिम १ जना स्वतन्त्र व्यावसायिक संचालकको मनोनित हुन बाँकी रहेकोछ । व्ययसायिक संचालक मनोनित गरेपछि ७ सात सदस्यीय संचालक समिति पूर्ण हुनेछ भन्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहान्छौं ।

अन्त्यमा भव्य रुपमा सौहार्दपूर्ण तरिकाले साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभाव लगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । धन्यवाद ।

मितिः २०७६।०७।०८ गते ।

(नि. शिवम् सिमेन्ट्स लिमिटेड)