शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६÷०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यस शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६।०७७ को वार्षिक साधारण सभा कार्तिक २४ गते सोमबारका दिन कम्पनीको कर्पोरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा ZOOM/Webinar Online Meeting मार्फत समेत सहभागिता जनाई सम्पन्न गरेको हो । कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्व ४० करोड को २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशत का दरले शेयरधनीहरुलाई नगद लाभाँस वितरण, आ.व. २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय गर्दै ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष श्री सुरेन्द्र कुमार गोयलज्यूको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनी महानुभावहरुको सक्रियता पूर्वक सहभागिता रहेको थियो । उक्त सभामा शेयरधनीहरुले व्यक्त गर्नु भएका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले जवाफ प्रस्तुत गर्नु भएको थियो ।
सहभागि शेयरधनीमहानुभावहरुले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै ZOOM/Webinar Online Meeting मार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको, साथै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना मन्तव्य राखेका थिए । सहभागि शेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले बताउनु भएको थियो भने कम्पनीका कार्यकारी सञ्चालक श्री रघुनन्दन मारुज्यूले कम्पनीको पाँचौं बार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबै शेयरधनी महानुभावज्यूहरु लगायतका सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षज्यूबाट सभा समपन्न गरिएको थियो ।