शिवम् सिमेन्टको प्रतिबद्धतात्मक अभियान ‘नो कम्प्रोमाइज’
शिवम् सिमेन्टको प्रतिबद्धतात्मक अभियान ‘नो कम्प्रोमाइज’

शिवम् सिमेन्टको प्रतिबद्धतात्मक अभियान ‘नो कम्प्रोमाइज’

६ पुस, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड क्वालिटीको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने प्रतिबद्धतात्मक अभियानसहित बजारमा प्रस्तुत भएको छ ।

अभियानको प्रारम्भिक चरणमा ३ दिन काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ र जनकपुर लगायत शहरका चोकहरुमा सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो ।

अभियान अन्तरगत आम मानिसका विभिन्न महत्वपूर्ण विषयसँग सम्बन्धित ‘नो कम्प्रोमाइज’ (सम्झौता नगरौं) भन्ने सन्देशहरु उल्लेख गरिएका थिए ।

प्लेकार्डमार्फत स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामलामा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामलामा परिवारको खुशीको मामलामा, फिट्नेसको मामलामा, मनोरञ्जनको मामलामा, बचतको मामलामा लगायतका विभिन्न कुराहरुमा सम्झौता नगर्न अपील गरिएको थियो ।

अभियानमा विभिन्न मानिसहरुले आ-आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा आफ्नो लक्ष्य, कर्तव्य, सिद्धान्त, अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गर्दै शिवम् सिमेन्टले गुणस्तरको मामला कुनै सम्झौता नगर्ने सन्देश आम उपभोक्ता माझ प्रस्तुत गरेको छ ।

अभियान मार्फत सधैँ क्वालिटीलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै सम्पूर्ण ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको जनाएको छ ।

२०७३ पुष ६ गते ११:२३ मा प्रकाशित