घर, योजनाले मात्रै बन्दैन। त्यसका लागि सही बजेटको तर्जुमा र विनियोजन अत्यावश्यक हुन्छ। सही बजेट भनेको, घर बनाउँदा लाग्ने खर्चको सीमा विभाजनका बारेमा पहिलेनै प्रष्ट उल्लेख भएको बजेट हो। सही बजेट अनुसार कार्य सम्पादन गर्दा आर्थिक र मानसिक शान्ति प्राप्त हुन्छ। घर बनाउने क्रममा, आफ्नो आवश्यकता र सुविधा अनुकुल बजेटको विभाजन फरक-फरक हुन्छ। त्यसैले हामीले यस भिडियोमा, निर्माणका चरणहरु र तिनीहरुको समयरेखा अनुसार बजेटको विभाजन कसरी गर्न सकिन्छ भनेर चर्चा गरेका छौं। घर बनाउँदा बजेटको विनियोजन कसरी गर्ने बारेको महत्वपूर्ण जानकारीहरु समेटिएको यो भिडियो अन्तिम सम्म अवश्य हेर्नुहोला।
Show Less