शिवम् सिमेन्ट्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
21 Feb 2021

शिवम् सिमेन्ट्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शिवम् सिमेन्ट्स लि.ले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनी प्रतिनिधी बताँउछन ।

शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, Isolation Bed निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।

Quality को मामलामा No Compromise भन्दै गुणस्तरिय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले हालमात्रै सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने NS Quaity Award-2019 बाट पुरस्कृत हुन सफल भएको छ । OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो ।

"गुणस्तरको पहिचान हो शिवम्", "गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ" तथा "Quality को मामलामा No Compromise", जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम्

सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट बन्न सफल भएको हो ।

NS ISO, ISO, ISI, र URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् हस्तान्तरण
11 Apr 2017

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् हस्तान्तरण

काठमाडौं, ३० चैत - नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्तवबोध गर्दै मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । उक्त एम्बुलेन्सको हस्तान्तरण एक विशेष कार्यक्रम मार्फत कम्पनीका तर्फबाट संचालक रघु नन्दन मारुले गर्नु भएको थियो । एम्बुलेन्स हस्तान्तरण सँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप रु.५१,००० को ‘सिड मनी’ पनि प्रदान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पु¥याउनेछ । हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो । यसै कारण, हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५००० भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ । एम्बुलेन्स सुविधा लिन सम्पर्क नं. ९८१५२५५७२२ वा ९८६५२१०८८८ मा फोन गरी तुरुन्तै ऐम्बुलेन्स मगाउन सकिन्छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गा.वि.स. मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बुधवार, चैत्र ३०, २०७३ मा प्रकाशित

स्वास्थ्य उपकरण दान
0 Nov 0

स्वास्थ्य उपकरण दान

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस COVID - 19 को दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको अवस्थामा नेपालमा समेत दिन दिनै संक्रमण ह’ने र सोही कारण अस्पतालमा विरामीका लागि बेड, अक्सिजन र स्वास्थ्य उपचारको चरम अभावका कारण हरेक दिन कैयौं नागरिकहरुको अत्यन्त पिडादायिक मृत्य’वरण गर्न बाध्य भैरहेको यस अति विषम परिस्थितीमा नागरिकहरुको जीउज्यानको रक्षाका लागि हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित नेपाल कै यस अग्रणी शिवम् सिमेन्ट्स लिमिटेडको तर्फबाट वागमती प्रदेशको हेटौडा स्थित श्री मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरु जस्तै १२० थान अक्सिजन भरिएका अक्सिजन सिलिण्डिर, ७० थान खाली अक्सिजनका शिलिण्डर गरी जम्मा १९० थान, ३० थान मेडिकल बेड र ५ थान CCU Bed तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग स्वरुप हस्तान्तरण गरेको व्यहोरा जानकारी गराँउदछौं ।

 

उपरोक्त प्राणवाय’ अक्सिजन सहितका सिलिण्डर, मेडिकल बेड, CCU Bed, Monitor Equipment समेतको सहयोगका कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित वासिन्दा  एवं सर्वसाधारण नागरिकहरुले स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पुग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ । शिवम् सिमेन्ट्सले यस किसिमका महामारी र दैविप्रकोपमा परेका सर्वसाधारणहरुको सहयोगका लागि यस अघि समेत विभिन्न राहत सामाग्रीहरु समेत वितरण गरी आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको हो । हाल कोरोना महामारीबाट बच्नका लागि नेपाल सरकारकाद्धारा तोकिएका सबै स्वास्थ्य मापदण्डको पालना गरी घरमै बस्न र घर बाहिर निस्कन परेको अवस्थामा मास्कको प्रयोग र सामाजिक द’री अनिवार्य रुपमा कायम गरी बचौं र अरुलाई सर्नबाट बचाऔं भन्ने सन्देशलाई पालना गर्न समेत सबैलाई हार्दिक अन’रोध गर्दछौं । धन्यवाद ।

मितिः २०७८ साल बैशाख ४ गते ।

 

(नि. शिवम् सिमेन्ट्स लिमिटेड)