शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग
18 Aug 2026

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन् ।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् । यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान 60m race ma बनाएका थिए । यो कीर्तिमान वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अनुबन्ध गरिएको छ, साथै, मिति अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेण्डको रेकर्डलाई तोड्दै २१.६६ सेकेण्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। आफ्नै रेकर्ड आफैं तोड्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी छ र एथलेटिक्समा झनै बढी । खेलाडीहरूले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनको सन् २०२३ देखिनै बनेको थियो । खेल बुझ्दै जाँदा उनले आफैं अवसरहरू खोजेर, वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरूमा सहभागी भई यो कीर्तिमान बनाएका हुन् । विश्व एथलेटिक्स (World Athletics) खेलको विश्वव्यापी नियमनकारी संस्था हो, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूको नियम, मापदण्ड र कीर्तिमानहरूलाई आधिकारिक रूपमा मान्यता दिन्छ । यसैले, यस संस्थाबाट स्वीकृत (sanctioned) प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्रै अन्तर्राष्ट्रिय स्तरमा वैध र आधिकारिक मानिन्छ, जुन खेलाडीको उपलब्धिलाई विश्वसनीयता दिने महत्वपूर्ण आधार हो । 

आयुष कुँवरलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो । उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सधैं साथमा रहेको छ । उनलाई आवश्यक परेका बेला हवाई टिकट, पोशाक तथा आवश्यक सहयोग गर्दै आईरहेको छ ।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् । चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत चुनौतीहरूका बाबजुद उनले निरन्तर प्रशिक्षण र अथक मेहनतमार्फत यो सफलता हासिल गरेका हुन् ।

हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नै पहल, समर्पण र अनुशासनका साथ नेपाली एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएका छन् । उनले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्षहरू स्वयं व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । यो कीर्तिमान विश्वका अन्य मुलुकहरूको हाराहारीमा नपुग्न सक्छ, तर पूर्णकालीन जागिर, प्रशिक्षण र चोटपटकसमेत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका खेलाडीका लागि ३० वर्ष पुरानो कीर्तिमान तोड्नु आफैंमा एउटा उपलब्धि हो ।

कीर्तिमानपछि प्रतिक्रिया दिँदै आयुष कुँवरले भने, "तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हुँदा अत्यन्त गर्व महसुस भएको छ, तर यो कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरूले अवसर नपाएकै हो । कीर्तिमान भनेको त तोड्नकै लागि हो । अब एउटा नयाँ मापदण्ड फेरि सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ । त्यसको लागि हामी 'स्प्रिन्ट प्रोजेक्ट' नामक निजी परियोजना ल्याउन खोज्दैछौं, जसमा शिवम् सिमेन्टको  साथ फेरि अपेक्षा गर्नेछौं ।"

शिवम् सिमेन्टले आयुषको यस ऐतिहासिक उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ । त्यसैले सन् २०२७ मा अमेरिकामा हुने वर्ल्ड मास्टर इन्डोर च्याम्पियनसिपका लागि आयुष कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई सहयोग गर्ने लक्ष्य समेत शिवम् सिमेन्टको रहेको छ । यो उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत भए नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने स्पष्ट सन्देश दिएको छ ।

शिवम् सिमेन्टले विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
28 Apr 2026

शिवम् सिमेन्टले विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

‘Routine of Nepal Banda’ मा प्रकाशित पत्रकार सुरेश तिमल्सीनाद्वारा लेखिएको समाचारका आधारमा, शारीरिक रूपमा अशक्त भई दुबै हात नचल्ने सन्देश बुढा मगरलाई शिवम् सिमेन्टले सहयोग गर्ने भएको हो। जन्मजात नै दुबै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन्। तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

यसै सन्दर्भमा, शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ। साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ। उक्त व्यवस्था अन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ। सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरुप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ।

कम्पनीका अनुसार, “समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्य अनुरूप, विशेष क्षमता र आवश्यकता भएका बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं। शिक्षा नै सशक्त भविष्यको आधार हो। त्यसैले यस्ता बालबालिकाहरूले पनि प्रोत्साहनसहित गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ।”

सन्देश बुढा मगरको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडको प्रायोजन
12 Jul 2023

२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडको प्रायोजन

यहि २०८० साल असार २७ गते देखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजको रुपमा सहभागि भै सकेको छ ।

एसियन यथलेटिकस् च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर,  शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् । उत्त यथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरि सकेका छन ।

एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन ।

सहभागि खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन ।  ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन ।

काठमाडौंमा भएको एक कार्यक्रमका विच नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट  र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थ कायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको  छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि अग्रवालले बताउनु भयो ।

ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९  (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

नेपालकै एक मात्र असली ओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथ अनि उहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन र विक्रि मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

 

शिवम् सिमेन्ट्सद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई स्कुलबस तथा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ
12 Mar 2023

शिवम् सिमेन्ट्सद्वारा लक्ष्मी आधारभुत विद्यालयलाई स्कुलबस तथा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ

देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लि. ले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ । शिवम् सिमेन्ट्स लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुलव्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तीहरु स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आईरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठन गर्न थप हौसला मिलोस भन्ने अभिप्रायले स्कुलव्यागहरु वितरण गरेका छौं” कम्पनी प्रतिनिधी बताँउछन ।

शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, क्ष्कयबितष्यल द्यभम निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सीजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।

Quality को मामलामा No Compromise भन्दै गुणस्तरीय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने NS Quality Award-2019 बाट पुरस्कृत हुन सफल भएको छ । इएऋ ऋझभलत मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “त्तगबष्तिथ को मामलामा ल्य ऋयmउचयmष्कभ, जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट  ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।

NS ISO, ISO, ISI, र URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

 

शिवम् सिमेन्ट्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
21 Feb 2021

शिवम् सिमेन्ट्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

शिवम् सिमेन्ट्स लि.ले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।

“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिभ्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनी प्रतिनिधी बताँउछन ।

शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, Isolation Bed निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।

Quality को मामलामा No Compromise भन्दै गुणस्तरिय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले हालमात्रै सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने NS Quaity Award-2019 बाट पुरस्कृत हुन सफल भएको छ । OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरिय एवम् उत्कृष्ट उत्पादन हो ।

"गुणस्तरको पहिचान हो शिवम्", "गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ" तथा "Quality को मामलामा No Compromise", जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम्

सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट बन्न सफल भएको हो ।

NS ISO, ISO, ISI, र URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरण तथा Isolation Bed का लागि आर्थिक सहयोग
5 Apr 2020

शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरण तथा Isolation Bed का लागि आर्थिक सहयोग

अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा Quarantine को लागि १० वटा Isolation Bed  बनाउन आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गांउपालिकामा Isolation Bed सहितको १० बेडको Quarantine बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

केही दिन देखी देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन  मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ । यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बनाउनु भयो ।

साथै नोबेल कोरोना भाईरस (कोभिड १९) को यो महामारी यस अघी हामीले भोगेका संकट भन्दा भिन्न र विशेष किसिमको महासंकट हो र यसका विरुद्ध सरकारबाट भैरहेको पहलका वावजुद महामारीको  रोकथामका लागि तपाई हामी सबैको उतिक्कै योगदानको खांचो छ । तसर्थ विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण पालना गरी आफु बाचौं र अरुलाई पनि बचांऔं । 

 

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् हस्तान्तरण
11 Apr 2017

शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् हस्तान्तरण

काठमाडौं, ३० चैत - नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्तवबोध गर्दै मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । उक्त एम्बुलेन्सको हस्तान्तरण एक विशेष कार्यक्रम मार्फत कम्पनीका तर्फबाट संचालक रघु नन्दन मारुले गर्नु भएको थियो । एम्बुलेन्स हस्तान्तरण सँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप रु.५१,००० को ‘सिड मनी’ पनि प्रदान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पु¥याउनेछ । हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो । यसै कारण, हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५००० भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ । एम्बुलेन्स सुविधा लिन सम्पर्क नं. ९८१५२५५७२२ वा ९८६५२१०८८८ मा फोन गरी तुरुन्तै ऐम्बुलेन्स मगाउन सकिन्छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गा.वि.स. मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बुधवार, चैत्र ३०, २०७३ मा प्रकाशित