शिवम् सिमेन्टको बार्षिक साधारणले पारित गरयो ९ प्रतिशत लाभाँस वितरण गर्ने सम्बन्धि प्रस्तावहरु

शिवम् सिमेन्टको बार्षिक साधारणले पारित गरयो ९ प्रतिशत लाभाँस वितरण गर्ने सम्बन्धि प्रस्तावहरु

शिवम् सिमेन्ट्स लिमिटेडको आ. व. २०८०।०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी रु. ५ अर्व २ करोड ७० लाखको ८ . ५५ प्रतिशतका दरले हुने रु.४२,९८,०८,५००।– (बयालिस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ ) बराबरका रु. १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ० . ४५ प्रतिशतका दरले हुने रु. २,२६,२१,५००। (दुई करोड छब्बिस लाख एक्काईस हजार पाँच सय रुपैयाँ) नगद लाभाँस सहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाँभाँस वितरण गर्ने प्रस्ताव पारित गरी नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शिवम् सिमेन्ट्स लि. का संचालक अध्यक्ष श्री गौरव गोयलज्यूको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने , आगामी आ. व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैया कायम गर्ने समेतका सबै सामान्य र  विशेष प्रस्तावहरु पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धन्यवाद । जय शिवम् । 
मितिः २०८१।०९।२९ गते, 
स्थान ः काठमाडौं ।