शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग
18 Aug 2026

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

काठमाडौं, नेपाल – शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन् ।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् । यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान 60m race ma बनाएका थिए । यो कीर्तिमान वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अनुबन्ध गरिएको छ, साथै, मिति अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेण्डको रेकर्डलाई तोड्दै २१.६६ सेकेण्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। आफ्नै रेकर्ड आफैं तोड्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी छ र एथलेटिक्समा झनै बढी । खेलाडीहरूले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनको सन् २०२३ देखिनै बनेको थियो । खेल बुझ्दै जाँदा उनले आफैं अवसरहरू खोजेर, वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरूमा सहभागी भई यो कीर्तिमान बनाएका हुन् । विश्व एथलेटिक्स (World Athletics) खेलको विश्वव्यापी नियमनकारी संस्था हो, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूको नियम, मापदण्ड र कीर्तिमानहरूलाई आधिकारिक रूपमा मान्यता दिन्छ । यसैले, यस संस्थाबाट स्वीकृत (sanctioned) प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्रै अन्तर्राष्ट्रिय स्तरमा वैध र आधिकारिक मानिन्छ, जुन खेलाडीको उपलब्धिलाई विश्वसनीयता दिने महत्वपूर्ण आधार हो । 

आयुष कुँवरलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो । उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सधैं साथमा रहेको छ । उनलाई आवश्यक परेका बेला हवाई टिकट, पोशाक तथा आवश्यक सहयोग गर्दै आईरहेको छ ।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् । चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत चुनौतीहरूका बाबजुद उनले निरन्तर प्रशिक्षण र अथक मेहनतमार्फत यो सफलता हासिल गरेका हुन् ।

हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नै पहल, समर्पण र अनुशासनका साथ नेपाली एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएका छन् । उनले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्षहरू स्वयं व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । यो कीर्तिमान विश्वका अन्य मुलुकहरूको हाराहारीमा नपुग्न सक्छ, तर पूर्णकालीन जागिर, प्रशिक्षण र चोटपटकसमेत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका खेलाडीका लागि ३० वर्ष पुरानो कीर्तिमान तोड्नु आफैंमा एउटा उपलब्धि हो ।

कीर्तिमानपछि प्रतिक्रिया दिँदै आयुष कुँवरले भने, "तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हुँदा अत्यन्त गर्व महसुस भएको छ, तर यो कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरूले अवसर नपाएकै हो । कीर्तिमान भनेको त तोड्नकै लागि हो । अब एउटा नयाँ मापदण्ड फेरि सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ । त्यसको लागि हामी 'स्प्रिन्ट प्रोजेक्ट' नामक निजी परियोजना ल्याउन खोज्दैछौं, जसमा शिवम् सिमेन्टको  साथ फेरि अपेक्षा गर्नेछौं ।"

शिवम् सिमेन्टले आयुषको यस ऐतिहासिक उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ । त्यसैले सन् २०२७ मा अमेरिकामा हुने वर्ल्ड मास्टर इन्डोर च्याम्पियनसिपका लागि आयुष कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई सहयोग गर्ने लक्ष्य समेत शिवम् सिमेन्टको रहेको छ । यो उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत भए नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने स्पष्ट सन्देश दिएको छ ।

शिवम् सिमेन्टले विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
28 Apr 2026

शिवम् सिमेन्टले विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

‘Routine of Nepal Banda’ मा प्रकाशित पत्रकार सुरेश तिमल्सीनाद्वारा लेखिएको समाचारका आधारमा, शारीरिक रूपमा अशक्त भई दुबै हात नचल्ने सन्देश बुढा मगरलाई शिवम् सिमेन्टले सहयोग गर्ने भएको हो। जन्मजात नै दुबै हात नचल्ने अवस्थाबाट प्रभावित सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन्। उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन्। तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

यसै सन्दर्भमा, शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ। साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको छ। उक्त व्यवस्था अन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ। सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरुप अर्धवार्षिक रूपमा उपलब्ध गराउनेछ।

कम्पनीका अनुसार, “समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्य अनुरूप, विशेष क्षमता र आवश्यकता भएका बालबालिकाहरूलाई उनीहरूको आवश्यकताअनुसारको अपाङ्गमैत्री शैक्षिक संस्थामा अध्ययनको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौं। शिक्षा नै सशक्त भविष्यको आधार हो। त्यसैले यस्ता बालबालिकाहरूले पनि प्रोत्साहनसहित गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो विश्वास छ।”

सन्देश बुढा मगरको संघर्ष र आत्मविश्वासबाट प्रेरित भई गरिएको यस सहयोगले उनको शैक्षिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

शिवम् सिमेन्टको बार्षिक साधारणले पारित गरयो ९ प्रतिशत लाभाँस वितरण गर्ने सम्बन्धि प्रस्तावहरु
13 Jan 2025

शिवम् सिमेन्टको बार्षिक साधारणले पारित गरयो ९ प्रतिशत लाभाँस वितरण गर्ने सम्बन्धि प्रस्तावहरु

शिवम् सिमेन्ट्स लिमिटेडको आ. व. २०८०।०८१ को बार्षिक साधारणले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूंजी रु. ५ अर्व २ करोड ७० लाखको ८ . ५५ प्रतिशतका दरले हुने रु.४२,९८,०८,५००।– (बयालिस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ ) बराबरका रु. १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त वोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूंजीको ० . ४५ प्रतिशतका दरले हुने रु. २,२६,२१,५००। (दुई करोड छब्बिस लाख एक्काईस हजार पाँच सय रुपैयाँ) नगद लाभाँस सहित कुल जम्मा ९ नौ प्रतिशतका दरले लाँभाँस वितरण गर्ने प्रस्ताव पारित गरी नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शिवम् सिमेन्ट्स लि. का संचालक अध्यक्ष श्री गौरव गोयलज्यूको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौंमा आयोजना गरेको सभाले कम्पनी संचालक समितिको निर्णयले वार्षिक साधारण सभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका विवरणहरु पारित गर्ने , आगामी आ. व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका सामान्य प्रस्तावहरु र वोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पूंजी समेत बृद्धि भई कम्पनीको जारी तथा चुक्ता पूंजी रु. ५ अर्व ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैया कायम गर्ने समेतका सबै सामान्य र  विशेष प्रस्तावहरु पारीत गरी वार्षिक साधारण सभा सम्पन्न गरेको छ । धन्यवाद । जय शिवम् । 
मितिः २०८१।०९।२९ गते, 
स्थान ः काठमाडौं । 
 
शिवम् सिमेन्टले रच्यो इतिहास : १३,३१,००,००० बोरा विक्रि गर्दै शिवम् नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट बन्न सफल
15 Apr 2024

शिवम् सिमेन्टले रच्यो इतिहास : १३,३१,००,००० बोरा विक्रि गर्दै शिवम् नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट बन्न सफल

शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको छ ।  अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय O.P.C. सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट NS Quality Award -2019 प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण नेपाली दाजु-भाई र दिदी-बहिनीका साथ साथै उपभोक्तावर्ग, विक्रेतावर्ग, सेयरधनी महानुभावहरु, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ। साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् सिमेन्ट ओ.पि.सि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको शिवम् गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

“भरोसा अटुट सम्बन्धको”, “Quality को मामलामा No Compromise",  “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

 

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड
15 Feb 2024

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् । आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन । फ्रेब्रोअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्स्को सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्सले स्याङसन गरेको छ । आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए ।
६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए । ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ, एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने । आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन् । 
 
शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७९।०८० को बार्षिक साधारण सभाले पारित गर्यो शेयरधनीलाई १५ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव
12 Jan 2024

शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७९।०८० को बार्षिक साधारण सभाले पारित गर्यो शेयरधनीलाई १५ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव

मिति : २०८०/०९/२७ । काठमाडौं ।

शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको आज मितिः २०८०/०९/२७ गते राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष श्री गौरव गोयलज्यूको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।

 

देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको “शिवम् सन्देश”
22 Dec 2023

देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको “शिवम् सन्देश”

नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । 
शिवम्ले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको छ । इटहरीबाट सुरु गरेको उक्त प्रचार–प्रसार कार्यक्रम इटहरी, जनकपुर, नारायणगढ, हेटौडा, विरगञ्ज लगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, QR Scan तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो । जहाँ शिवम सन्देशका बारेमा बुझ्न चाहनेहरुको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो । देशका विभिन्न शहरहरुमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् । शिवम् सिमेन्टले आफ्नो प्रचार–प्रसारमा विभिन्न समयमा नयाँ नयाँ उपायहरु अपनाउदै आईरहेको छ ।
यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पु¥याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारीहरू समेटिएको शिवम् सन्देशले “भरोसा अटुट सम्बन्धको” भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ । 
भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने? जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू “शिवम् सन्देश”मा समेटिएका छन् । 
साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । 
सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ ।
 
के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ’शिवम् सन्देश’ हेर्नुभयो ?
27 Nov 2023

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ’शिवम् सन्देश’ हेर्नुभयो ?

के तपाईं घर बनाउँदै हुनुहुन्छरु या, घर बनाउने सोचमा हुनुहुन्छरु पख्नुस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ ।

एउटा आफ्नै घर होस् भन्ने इच्छा प्राय: सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि । बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति  बालुवामा पनि हाले सरि व्यर्थमा खर्च हुन नदिन सहि विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले NS Quality Award 2019 बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले 'शिवम् सन्देश' लिएर आएको छ ।

'शिवम् सन्देश' गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरि गर्ने रु विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउनेरु जस्ता थुप्रै अति उपयोगी जानकारीहरु समेटिएको ुशिवम् सन्देशुले "भरोसा अटुट सम्बन्धको" भन्ने शिवम् सिमेन्टको नारालाइ अझै उचाइमा पुर्याएको छ ।

भुकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने रु इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ रु साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु 'शिवम् सन्देश'मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि ुशिवम् सन्देशुमा समेटिएको छ ।

सन् २००९ मा मध्य नेपालको हेटौँडामा स्थापित शिवम् सिमेन्ट उधोगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरि उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ। निर्माण व्यवसायी र सर्वसाधारणको भरोसा र विश्वास जित्दै आएको शिवम् सिमेन्टले लिएर आएको ुशिवम् सन्देशु उपभोक्ता प्रतिको उत्तरदायित्व र जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । शिवम् सन्देश, शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब, र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।

घर निर्माणका चरण जत्तिकै महत्वपूर्ण घर निर्माणको योजना पनि हो। आफूसँगै परिवारको सुरक्षित बसोबासका लागि सुरक्षित र टिकाउ घर निर्माणको योजनामा येथेष्ट समय खर्चनु हाम्रो दायित्व हो । आजको सावधानीले सबैको भविष्य सुखी सुरक्षित हुन्छ। अत: के तपाईं घर बनाउँदै हुनुहुन्छरु या घर बनाउने योजनामा हुनुहुन्छरुरु यदि हुनुहुन्छ भने पख्नुहोस्, एकचोटी ुशिवम् सन्देशु अवस्य हेर्नुहोस् ।

शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल नयाँ दिल्लीमा आयोजित
20 Oct 2023

शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल नयाँ दिल्लीमा आयोजित "Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023" बाट सम्मानित

यहि मिति २०८० कार्तिक ३ गते Brandman India PR & Promotion द्वारा आयोजित अवार्ड कार्यक्रममा "Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023" बाट शिवम् सिमेन्टका भि.पि. (सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित हुनु भएको छ । अग्रवाल शिवम् सिमेन्टको स्थापना काल देखिनै निरन्तर कार्यरत हुनुहुन्छ ।

Brandman India PR & Promotion ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ यसको को प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरु संग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ ।

Brandman India PR & Promotion ले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

 

शिवम् सिमेन्ट्स लिमिटेड 'Organization Sales Excellence Award-2023'  बाट सम्मानित
27 Aug 2023

शिवम् सिमेन्ट्स लिमिटेड 'Organization Sales Excellence Award-2023' बाट सम्मानित

शिवम् सिमेन्ट्स लिमिटेड 'Organization Sales Excellence Award-2023' ( अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३) बाट सम्मानित भएको छ । यहि मिति २०८० भाद्र ८ गते काठमाडौंमा Growth Sellers (ग्रोथ सेलर) द्वारा आयोजना गरेको SALES SUMMIT-2023 (सेल्स समिट) कार्यक्रममा शिवम् सिमेन्टले 'Organization Sales Excellence Award-2023' र शिवम् सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट (VP) निखिल अग्रवाल 'Individual Sales Excellence Award-2023' बाट सम्मानित हुनु भएको हो ।

यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तै  'Best Managed Company of the Year-2022'  (बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२) अवार्ड प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा  साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।