29
Oct
2017
शिवम् सिमेन्ट्सले ग्राहक तथा उपभोक्ताका लागि २० बोरा खरिदमा सम्मान स्वरुप थप १ बोरा दिने योजना समापन गरेको छ।
गत असार १४ देखि नेपालभर लागू भएको यस योजनामा उत्साहजनक सहभागिता रहेको कम्पनीको दावी छ। शिवम् सिमेन्टले हेटौंडास्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित क्लिङकर तथा सिमेन्ट उत्पादन गर्दै ओ.पि.सी. सिमेन्ट उत्पादन र विक्री वितरण गर्दै आएको छ।
कम्पनीले तीज, दसैँ, तिहार र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागि “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागू गरेको थियो।
प्रकाशित मिति: आईतबार, कात्तिक १२, २०७४ ०४:४२:४९